Light Nepal

नेत्र भण्डारी र चयन मगर गुरुङ्गको ‘सिस्नेको हिमाल’ बजारमा (भिडियोसहित)

काठमाडौं, २९ असोज ।  पछिल्लो समयका चर्चित लोकदोहोरी गायक नेत्र भण्डारी र चयन मगर गुरुङ्गको आवाजमा ‘सालैजौ’ गीत बजारमा आएको छ । रामु खड्काको लय रहेकोको उक्त गीतमा मौसम हिमालीले निर्देशन गरेका छन् भने गीतमा सुमन परियार र रिना थापाको नृत्य रहेको छ ।यस्तै रामु खड्काको लय रहेको छ ।

गीतको शब्द डम्मर चन्द बगरले लेखेका हुन् । म्युजिक भिडियोको छायाकंन करण चैसिरले गरेका छन् भने सम्पादन अमर शाक्यले गरेका छन् ।

यस गीतमा हिमालका कुरा, माया प्रेमका कुरालाई समावेश गरिएको छ । यस गीतले हिमाल जस्तै निश्चल माया एक अर्कोमा साटासाट गर्ने अनि जुगौ भरीको माया गाँस्ने कुराको भाव बोकेको छ । यस भिडियोलाई मालती डिजिटल प्रा।लि ले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्