Light Nepal

अपडेट: चितवन दुर्घटनामा मृत्यु भएका ३ जनाकै पहिचान खुल्यो

चितवन, २ कात्तिक । जलबिरेमा दुर्घटना हुँदा मृत्यु भएका तीनजनाकै सनाखत भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मृतकमध्ये एकजना झापा मेची नगरपालिका ८ का २५ वर्षीय हेमबहादुर राजवंशी र स्याङ्जा पुतलीबजार नगरपालिका ९ का ७५ वर्षीय तुलबहादुर थापा छन् ।


बिहान मृत्यु भएका बस चालक झापा मेची ८ कै ३५ वर्षका उदयमान राजवंशीको मात्रै सनाखत भएको थियो । नारायणगढ मुग्लिन सडकको जलबिरेमा शुक्रबार बिहानपख साढे दुई बजे बस पल्टँदा तीनजनाको ज्यान गएको छ ।

अन्य २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस मुग्लिन नपुग्दै सात किलोमिटर वरको जलबिरेमा सडकबाट ६० मिटर तल खोल्सामा खसेको थियो।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बसका चालम झापाको मेची नगरपालिका(८ घर भएका ३५ वर्षीय उदयमान राजवंशी छन्। मृतक अन्य दुईजनाको सनाखत भएको छैन। उनीहरू दुवैजना पुरूषहरू भएको प्रहरीले जनाएको छ।

बस अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीको भनाइ छ। घाइते २३ मध्ये २२ जनाको भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा र एकजनाको नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते सवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्