Light Nepal

भारतमा सामुहिक बलात्कारमा परेकी नेपाली युवतीले तीन तला माथि बाट निर्वस्त्र हामफालिन्

काठमाण्डौं, ५ कात्तिक । भारतमा एक नेपाली युवती सामुहिक बलात्कारको शिकार भएकी छन् । भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको हो । जयपुरको एक अपार्टमेन्टको तीन तला माथिको कोठामा सामुहिक बलात्कारमा परेकी ति युवती बलात्कार पछि निर्वस्त्र हाम फालेकी छन् ।

घाइते अवस्थाकी उनलाई प्रहरीले उद्यार गरेर अस्पताल भर्ना गराएको छ । घटना पछि प्रहरीले बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय लोकेश सैनी र २४ वर्षीय कमल सैनीलाई प्रहरीले पक्राउ गरेको हो ।

थानाप्रमुख देवेन्द्रले जनाए अनुसार बलात्कारको शिकार भएपछि ति युवतीले तीन तला माथिवाट निर्वस्त्र हामफालेकी थिइन् । मुहाना अपार्टमेन्टको तेस्रो तलाबाट नांगै हाम फालेकी उनलाई घाइते अवस्थामा प्रहरीले अस्पताल लगेका थिए । उनको उपचार भैरहेको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्