Light Nepal

१२ वर्षका बालकले गरे तीन वर्षीया बालिका बलात्कार

कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुरमा १२ वर्षका बालकद्धारा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी बालकले ३ वर्षीया बालिका बलात्कार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बालकले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ, तर रिपोर्ट नआएका कारण अझै केही भन्न सक्ने अवस्था नरहेको जनाएको छ । प्रहरीका अनुसार बालिकाको योनीमा रगत देखिएको छ।

परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ। नाबालक नै रहेकाले उनलाई हिरासतमा राख्न नमिल्ने कानुनी प्रावधान छ। उनलाई हिरासत बाहिर राखेरै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्