Light Nepal

दूतावासमा हत्या गरिएका पत्रकारको शवका टुक्रा राजदूतको घरको बगैँचामा

एजेन्सी । अमेरिकामा हत्या गरिएका पत्रकारको शवको टुक्रा साउदी राजदूतको घरको बगैचामा फेला परेको छ । वासिङ्गटन पोस्टका पत्रकार जमाल खसोग्गीको शवका टुक्रा इस्तान्बुलस्थित राजदूतको घरको बगैँचाबाट बरामद भएको हो ।

उनको २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास कार्यालयमा हत्या भएको थियो । यो घटनालाई लिएर टर्कीका राष्ट्रपति रेसेप तयैप एर्दोगनले साउदी सरकारले खसोग्गीको हत्याको षड्यन्त्र २८ सेप्टेम्बरमै बनाइएको दावी गरेका थिए । सो हत्यालाई राजनीतिक रुपमा लिइएको छ ।

टर्कीका राष्ट्रपतिका अनुसार उनको हत्याका लागि साउदी अरबबाट १५ जनाको टोली २ अक्टोबरमै त्यहाँ पठाइएको थियो ।उनले त्यसको एथेस्ट प्रमाण समेत रहेको बताएका छन् । खसोग्गी टर्कीमा रहने आफ्नी गर्लफ्रेन्डसँग बिहे गर्न चाहन्थे। यसका लागि आवश्यक प्रक्रिया पुरा गर्न उनी २ अक्टोबरमा इस्तान्बुलस्थित साउदी महावाणिज्य दूतावास गएका उनी त्यति बेला देखि नै बेपत्ता भएका थिए ।

२० अक्टोबरमा साउदी अरबले खसोग्गीको हत्या भएको स्वकार गरेको थियो । टर्कीको पत्रिका हुर्रियत डेली न्यूजले राष्ट्रपति एर्दोगनलार्इ उधृत गर्दै लेखेको समाचार अनुसार खसोग्गी साउदीका राजकुमार मुहम्मद बिन सलमानको आलोचना गर्ने पत्रकार थिए । त्यसैको बदला लिन उनको हत्या गरिएको थियो । पहिलो पटक २८ सेप्टेम्बरमा खसोग्गी इस्तान्बुल पुगेका पत्रकारलाई साउदी महावाणिज्य दूतावासले फेरी २ अक्टोबरमा बोलायो । त्यति बेलानै उनको हत्याको योजना रहेको टर्कीका राष्ट्रपतिको आरोप छ । प्रमाण र जानकारी अनुसार खसोग्गीलार्इ कठोर यातना दिएर क्रुरतापूर्वक ज्यान लिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्