Light Nepal

फ्लाइअाेभरकाे तारमा झुण्डिएर छिनभरमै भुर्इ‌ँमा बजारिए यी युवक

काठमाडौं, १७ कात्तिक ।बिहीबार अपराह्न मुम्बइको क्राउफोर्ड मार्केटनजिक जेजे फ्लाइओभरमाथि करिब २० मिटर अर्थात ३ तल्लाजति उचाइमा रहेकोे तारमा दुवै हातले समातेर एकजना मान्छे झुण्डिरहेको देखियो ।

बटुवा तथा पसलेहरुले त्यो मान्छेले सन्तुलन गुमाउन नथालुञ्जेल यसलाई कुनै स्टण्ट भन्ने ठानेर हेरि मात्र रहेका थिए । तर वास्तविकता अर्कै थियो र त्यो थाहा पाउञ्जेल उसलाई सहयोग गर्न निकै ढिला भैसकेको थियो । हेर्दाहेर्दै ती व्यक्तिको हात फुस्कियो र उनी भुईंमा बजारिए ।

उनी थिए ३८ वर्षीय जब्बर जावेद अशरफ । भुईंमा बजारिँदा उनको हात खुट्टा भाँचियो र उनलाई तत्कालै स्थानीय जीटी हस्पिटलमा भर्ना गरियो । शरफले प्रहरीलाई आफू किन जेजे फ्लाइओभर पुलमा चढेँ भन्ने कुरा सम्झना नभएको बताए । उनको विस्तृत विवरण रेकर्ड गर्नस्वास्थ्यका हिसाबले उनी सबै कुराहरु सम्झेर भन्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ ।

उसको हर्कत देख्ने धेरै दर्शकहरुले उनी फ्लाइओभरमा अडेस लागेको देखि तारमा झुण्डिउञ्जेलसम्मको करिब एक मिनेटको थुप्रै बयान सुनाए । एक जना पसलेले भने, ‘हामीले पहिले उसले स्टण्ट गर्न लागेको भन्ठान्यौं । ऊ भुईंमा बजारिँदैछ भन्ने थाहा पाएको भए हामी कपडा वा जाली लिएर तल बस्थ्यौं ।’

प्रहरीका डेपुटि कमिश्नर ज्ञानेश्वर चवनले भने,‘ उसले हामीलाई आफू किन फ्लाइओभरमा चढेको र हामफालेको भन्ने सम्झिन नसकोको बताए ।’ जीटी हस्पिटलका ड्युटीमा खटिएका डाक्टरले भने,‘प्रारम्भिक जाँच अनुसार ती व्यक्ति विगतमा लागुऔषध दुव्र्यसनी रहेको देखिएको छ । उनको दुइ ठाउँमा हड्डी भाँचिएको भए पनि टाउकोमा कुनै चोट लागेको छैन ।’

प्रतिक्रिया दिनुहोस्