Light Nepal

‘आउ है माया नाचौँला, कम्मर भाचौँला’ भन्दै कस्लाई बोलाए गायक नेत्र भण्डारीले (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । पछिल्लो समयका चर्चित लोकदोहोरी गायक नेत्र भण्डारी र डिला बस्यालको आवाजमा ‘फुलबुट्टे चोली’ बजारमा आएको छ ।

चर्चित गायक भण्डारीका ४ सयभन्दा बढि गीत बजारमा आईसकेका छन् । आफ्ना मिठा गीतले दर्शक, श्रोताको मन जित्न सफल भएका गायक भण्डारीले यो गीतले पनि दर्सक, श्रोताको मन जित्नेमा सम्पुर्ण टिम बिश्वस्त रहेको बताए । गीतमा माया गर्ने दुई प्रेमी जोडीले एकअर्कालाई नाच्न बोलाएको र माया साट्ने कुरा गरेको मिठो भावलाई समेटिएको छ ।

4जी ग्रुप नेपालको आफ्नै अफिसियल युट्युवमार्फत भिडियोसहित सार्वजनिक गरिएको फुलबुट्टे चोलीमा सन्ध्या केसी शब्द रहेको छ भने गायक स्वयं भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ । गीतमा मोडल कृष्ण रेउले निशा सिंह ठकुरी र मनिष खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्