Light Nepal

अमेरिकामा मध्यावधी निर्वाचनको मतपरिणाम आज सार्वजनिक हुने

काठमाडौं, २१ कात्तिक । अमेरिकामा भएको मध्यावधी निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रुपमा लिइएको यो निर्वाचनमा अहिलेसम्म पूर्वी केही राज्यका तल्लो सदन प्रतिनिधिसभाका सदस्यको नतिजा सार्वजनिक भएको हो ।

अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका एक सयमध्ये ३५ स्थानका लागि चुनाव भएको हो । अहिले अधिकांश स्थानको मतगणना भइरहेको छ ।

निर्वाचनमा मतदान प्रतिशत उच्च भएको अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्