Light Nepal

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि

काठमाडौं, २१ कात्तिक । पूर्वाधार अभावका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई महिनापछि सारिएको छ । आगामी मंसिर महिनामा प्रदेश नम्बर–५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्नेगरी तय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

अघिल्लो महिना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मंसिर ८ गतेदेखि नेपालगन्ज रंगशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

अब आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पनि ६ महिना सार्ने प्रस्ताव गरेको विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्