Light Nepal

मेयर शाक्य र उपमेयर खड्गी चीन भ्रमणमा, यस्तो छ भ्रमण तालिका

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी चीन उडेका छन् । आगामी बुधबारदेखि हुने चाइना इन्टरनेशनल फ्रेन्डशिप सिटिज कन्फरेन्समा भाग लिन चीन गएको महानगरका निर्देशक नमराज ढकालले बताए ।

उक्त कन्फरेन्स बुधबारदेखि तीन दिनसम्म चल्नेछ । सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका सहरलाई निमन्त्रणा गरिएको महानगरले जनाएको छ । सरकारको अनुमति लिएरै मेयर र उपमेयर चीन गएको पनि निर्देशक ढकालले जानकारी दिए ।

उनीहरु दुवै प्रमुख, उपप्रमुखको अनुपस्थितिमा महानगर १ नं. वडाध्यक्ष भरतलाल श्रेष्ठले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको पनि महानगरको भनाइ छ । उनीहरु आगामी मंसिर १ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्