Light Nepal

मुन्द्रेको कमेडी क्लबमा करिश्मा मानन्धर : माग्नेबुढाले भने ‘राजेश हमाल महानायक हुन् भने करिश्मालाई महानायीका किन नभन्ने ?’

काठमाडौं, २६ कात्तिक । नेपाल टेलिभिजनवाट प्रशारण हुने मुन्द्रको कमेडी क्लबमा दोस्रो श्रृँखलामा सोमवार नायीका करिश्मा मानन्धर आएकी छन् । उनीसंग कार्यक्रम प्रस्तोता जितु नेपाल मुन्द्रेले करिश्माको शिक्षाको बारेमा प्रश्न गरेका थिए ।

कार्यक्रममा नायीका करिश्माले नेपालको सरकारी शिक्षा गुणस्तरीय हुनुपर्ने बताइन् । उनले आफुले ठूलो उमेरमा विद्यालय जान थालेर अन्य महिलाका लागि उदाहरण पेश गर्न चाहेको बताउँदा कार्यक्रममा उपस्थितले तालि पिटेका थिए ।

कार्यक्रममा केदार घिमिरे माग्ने बुढाले महानायक भनेर चिनिने राजेश हमालको प्रशंग उठाउँदै सहकर्मीका रुपमा रहेकी करिश्मालाई पनि महानायीका भन्नुपर्ने जिकिर गरे । उनले भने, हामीले पुराना चलचित्रमा राजेश हमाल र करिश्मा दिदीलाई संगै फिल्ममा खेलेको देखेको हो । उहाँलाई महानायक भनिन्छ भने संग काम गरेर यो अवस्थामा पुगेकी दिदी करिश्मालाई महानायीका किन नभन्ने ?

प्रतिक्रिया दिनुहोस्