Light Nepal

काभ्रेमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा आगो खोसाखोस गर्दा जलेर प्रहरी र नेविसंघ कार्यकर्ता घाइते

गाईघाट, २६ कात्तिक । प्रधानमन्त्रीको फोटो तोडमोड गरेर कार्टुन बनाई फेसवुकमा शेयर गरेको विषयमा नेविसंघका कार्यकर्ता पक्राउ परेपछि काभ्रेमा नेविसंघले थालेको आन्दोलनले उग्र रुप लिएको छ । नेपाल विद्यार्थी संघ उदयपुरले विद्यार्थी नेता पक्राउ परेको विरोधमा सोमवार साँझ प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । सो क्रममा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् ।

नेविसंघका कार्यकर्ताहरुले सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाउन लागेका थिए । विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी पुत्ला खोसेको थियो ।

आगो सल्किएको पुत्ला खोसाखोस गर्ने क्रममा आगोले पोलेर दुई जना घाइते भएका हुन् । आगोले लाग्दा सशस्त्र प्रहरी बल ५ नं गण उदयपुरका हवल्दार ३६ वर्षीय लक्ष्मणबहादुर श्रेष्ठ र नेविसंघ जिल्ला सदस्य रौतामाई गाउँपालिका–४ पोखरीका २० वर्षीय प्रल्हाद खत्री घाइते भएका छन् ।

पेट्रोलसहितको आगोको पुल्ठोले प्रहरी हवल्दार श्रेष्ठको आँखामा असर पर्ने गरी जलेको छ भने कार्यकर्ता खत्रीको दुवै हातका छालाको भाग जलेको छ ।

घाइते श्रेष्ठको आँखामा चोट लागेकाले थप उपचारका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहान लगिएको छ । खत्री जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि घर फर्किएका छन् । काभ्रेमा नेविसंघका नेताले प्रधानमन्त्रीको फोटोमा कुकुरको टाउको जोडेर कार्टुन बनाई फेसवुकमा पोष्ट गरेका थिए । प्रहरीले साइवर क्राइम अन्तर्गत ति नेतालाई पक्राउ गरेको हो । फोटो अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्