Light Nepal

प्रतिमाको झुपडीमा पुगे वडा अध्यक्ष सुमन मल्ल, गाउँकै इज्जत राख्ने प्रतिमाको पढाईका लागि गरे आर्थिक सहयोग (भिडियो हेर्नुस्)

बाँके, ३० कात्तिक । विपन्न परिवारमा जन्मिएकी खजुरा ४ डि गाउँकी प्रतिमा शर्मा चर्चा अहिले देशभर चलेको छ । उनको आर्थिक विपन्नता हेर्दा उनले हासिल गरेको शैक्षिक उन्नती आश्चर्य लाग्ने खालको छ । गाउँकै सरकारी विद्यालयवाट एसइइ गरेकी प्रतिमाले एमविविएस अध्ययनका लागि १५ हजार प्रतिस्पर्धीलाई उछिनेर नाम निकालिन् ।

डाक्टर बनेर गाउँकै सेवा गर्न चाहेकी प्रतिमाका लागि एमविविएस अध्ययनका लागि गाउँमा आर्थिक संकलन सुरु भएको छ । सोही वडाका वडाअध्यक्ष तिलकविर सुनार सहितको टोलिले आर्थिक संकलनको लागि अभियान सुरु गरेका छन् । पुरै खजुराबासीको गौरब प्रतिमालाई सहयोग गर्नेहरु दिनहुँ उनको झुपडीमा पुग्ने गरेका छन् ।

खजुराकै छोरी बनेकी प्रतिमाको उच्च शिक्षा अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले आफ्नो तीन महिनाको तलब दिन उनको घरमै पुगेका छन् । शुक्रवार प्रतिमाको झुपडीमा पुगेका मल्लले उनकी आमालाई आफ्नो तीन महिना बराबरको तलब हस्तान्तरण गरे । प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सितादेवीलाइ ५९ हजार ४०० रुपैया सहयोग स्वरुपहस्तान्तरण गरेका हुन् । त्रिभुवन बिश्व विद्यालयबाट एमबिबिएसमा छात्रवृत्तिमा नाम निकालेकी शर्माको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग संकलन भैरहेको छ । मल्लले गतबर्षको तलब गाउकै क्लबलाई सहयोग गर्दै छन ।

प्रतिक्रिया दिनुहोस्