Light Nepal

आइतवार सम्म नेपाल भारत सिमाना बन्द, यस्तो छ कारण

काठमाडौं, ३० कात्तिक । नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल आजदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पिथोरागढमा हुन लागेको निर्वाचनका कारण झोलुङगे पुल आजदेखि बन्द हुने भएको हो ।

धार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने पिथौरागढ जिल्ला अधिकारीबाट जानकारी आएको दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नभेम्बर १८ मङ्सिर २ गतेका दिन बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म भारतको पिथोरागढ जिल्लाअन्तर्गत स्थानीय निकायको निर्वाचन हुँदैछ ।

सुरक्षालाई मध्यनजर गरेर ४८ घण्टाका लागि पुल बन्द गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनु भयो । आज बेलुकी ५ बजेदेखि मङ्सिर २ गतेसम्म धार्चुलामा उक्त निर्वाचनलाई मध्यनजगर गरी पुल बन्द हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्