Light Nepal

सडक दुर्घटनामा मृत्यु भएकी शाहीको कोहलपुर बजार परिक्रमा गराई गरियो अन्तिम बिदाई(फोटोफिचर)

कोहलपुर, १ मंसिर । सडक दुर्घटनामा परेर कात्तिक २८ गते बुधबार ज्यान गुमाएकी नेतृ गोमा शाहीको आज अन्त्यष्टि गरिदैछ ।

नेपाल मजदुर किसान पार्टीकी नेतृ शाहीको बुधबार साँझ भे २ प ३०२ नम्बरको मोटरसाइकलमा घर जाँदै गर्दा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुर विद्युत रोडमा ठक्करबाट मृत्यु भएको थियो ।  छोरालाई नेपालगंज एअरपोर्ट बाट छोडेर फर्किदै गर्दा कोहलपुर फर्कदै गर्दा उक्त दुर्घटना भएको हो ।

भ्यानको ठक्करले घाईते भएकी नेतृ शाही दुईपटक जोरबलले उठेकी थिईन् तर चोट गहिरो भएकाले फेरि उनि पल्टिएको बताईएको छ । दुर्घटनामा मोटरसाईकल चालक मृतक शाहीका श्रीमान अन्जिर शाही घाइते छन् उनको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

कोहलपुरनगरकी एक निष्ठावान नारी राजनितिकर्मी गोमा देबि शाहिको सम्मानमा आज कोहलपुर बजारमा शबयात्रा निकालिएको छ ।
शबयात्रामा हजारौ ब्यक्तिको सहभागीता रहेको थियो ।

फोटोस्रोत: सागर गैरे
प्रतिक्रिया दिनुहोस्