Light Nepal

अब हरेक सोमबार साँझ बद्री पंगेनीको साथमा ‘दोहोरी गायन कार्यक्रम’

काठमाडौं, १ मंसिर । लोकदोहोरी गायक बद्री पंगेनीले यसै महिनादेखि लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।  नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसमा चर्चित लोकदोहोरी गायक पंगेनीले  ‘दोहोरी गायन कार्यक्रम’  सञ्चालन गर्ने भएका हुन् । राष्ट्रिय नाचघरमा दोहोरी गायन कार्यक्रमको हिजो छायांकनपनि गरिएको छ ।

हरेक हप्ताको सोमबार साँझ ७ २० मा दोहोरी गायन कार्यक्रम हेर्न सकिने छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवर्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए ।

कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ । उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच शुक्रबार सम्झौतासमेत भएको छ । कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम शुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्