Light Nepal

‘कान्छी’ मा यस्ती देखिईन एलिसा राई (भिडियोसहित)

काठमाडौं, १ मंसिर । एलीसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक राजमान तामाङको स्वरमा रहेको ‘कान्छी’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा एलीसा र सरोज मोक्तानको अभिनय रहेको छ । जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार सरोज लेनै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्