Light Nepal

कुनै बेलाकी नम्बर १ भारतीय अभिनेत्री आशा पारेख काठमाडौँमा

काठमाडौं, १ मंसिर । भारतीय अभियनेत्री आशा पारेख अहिले काठमाडौँमा छन् । सन् १९६० को दशकमा चर्चित बनेकी अभिनेत्री पारेख पारिवारिक भ्रमणको क्रममा काठमाडौँ आएकी हुन् । उनले केही दिन बिताउने छिन् र साथीभाइसँग भेट्ने कार्यक्रम छ ।

पारेख सन् १९५९ देखि १९७३ सम्म बलिउडकी शीर्ष अभिनेत्री मध्ये एक रहिन् । १७ वर्षको उमेरमा उनले ‘दिल दे के देखो’ बाट अभिनेत्रीको रुपमा काम गर्न सुरु गरेकी थिइन् ।

उनलाई जुबली गर्ल, टम ब्वाइसहितका नामले पनि चिन्ने गरिएको छ । उनका बदन, चिराग, कटी पतंग, मै तुलसी तेरे आँगन कि सहितका चलचित्र निकै सफल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्