Light Nepal

१२ वर्ष युद्धपछि देशले के पायो, देश कता गयो?

भोजराज घोडासैनी / १९ दिने जनआन्दोजनले पुस्तौपुस्ता चली आएको शाही शासन मात्रै ठेगान लाएन १०वर्ष लामो सशस्त्र युद्धलाई पनि बडार्यो । जसबाट देशबासीले शान्तिको सास फेरेका थिए । फलस्वरूप अन्तरिम संविधान २०६२÷६३ बन्यो जसको टाउकामा टेकेर काँग्रेसका तत्कालिन सभापति गिरिजा कोइरालाको नेतृत्वमा अन्तरिम सरकार । जुन सरकारले २०६४ चैत २८ मा आमनिर्वाचन सम्पन्न ग¥यो लगभग शान्ति पूर्णरुपले भन्दा हुन्छ । जो १० वर्ष जनयुद्धको सफलता पनि ।

त्यसपछि जनताको छोरो जनताबाटै निर्वाचित भएर प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई पाउनु देशको अहोभग्या थियो । बिडम्बना जुन सरकार बहुमतको थियो सहमतिको नभएर । १० वर्ष सफल आन्दोलन गरेका प्रचण्डलाई ९ महिना असफल सरकारको प्रमुख भएर हातधुनु प¥यो । विषय राजनीतिक थियो त्यो दैव जानुन् स्वीजरल्याण्ड बन्ने देशको सपना त्यतिबेला नै डुबेको हो । त्यसपछि जनताले संविधानसभाको काढेतार बाहिरै अर्को निर्वाचनसम्म बस्न जनमत दिएर माधव नेपालको कोल्टामा सरकारको चाबी पर्यो । त्यतिबेला मावनकुमार नेपाल प्रचण्डको पहलमा संसद भवन छिरेका थिए । यसले के बुझ्न कठिन छैन भने देशमा जनताभन्दा नेता ठूला हुन् । त्यो पनि बहुमतकै सरकार थियो त्यसैले दीगो हुने चान्स कम थियो । पछि गएर त्यो सरकार पनि दीगो भएन । काम चलाउजस्तो भएको सरकारले ६ महिना नाङ्गोनाच देखायो । ६ महिने काम चलाउ सरकारबाट बाबुरामले बीचैबाट खुट्टा झिके भने रामचन्द्र एक्लै अन्तिमसम्म खेलिरहे र पनि जित्न सकेनन् अन्ततः झलनाथको चिठ्ठा प¥यो ।

झलनाथपछि आएका बाबुराम शैक्षिक तबरले राजनीतिका सबै खेलाडीभन्दा माथिका हुन् । उनीबाट अरुभन्दा माथिको आशा राख्नु गोठाले जनताको दोष थिएन माया थियो । तर उनले १३ हजारको बलि दिएर ल्याएको संविधानसभाको हत्या गरे राजनीति दलहरुप्रति अबिश्वासको कारण थियो वा छिमेकीको दवाब त्यो भगवान जानुन् । न्यायलयलाई सरकारको चाबी बुझाए र आफू चुनाबी मैदानमा पुगे । हो, त्यहिबेला नै राजनीति गर्नेहरुको धोती फुस्केको र भनियो पनि पागलको न लाज हुन्छ न इज्जत । बाबुराम भट्टराईले देशमा संविधानसभाको निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित सरकारको चाबी न्यायलयको हातमा सुम्पे । त्यो चाबी प्रधानन्यायाधीश खिलराज रेग्मीको हातमा प¥यो । उनले आफूलाई दिएको चुनौतीलाई सरकार बनाउन २०७० मंसिर ४ मा देशमा पहिलो पटक संविधानसभाको चुनाव सम्पन्न गरे, सरकारको चाबी फेरि राजनीतिक दलमै फिर्ता दिए । संविधानसभाको पहिलो निर्वाचनबाट सरकार चलाउने जिम्मा काँग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । जसले समयले साथ दियो वा राजनीतिले त्यो अर्को बहसको विषय होला तर देश २०७२ असोज ३ मा मुल उद्देश्य पूरा गर्यो । २०७२ बैशाख १२ देश दैबिक बिपत्तिपछि एकठाउँमा आएर संविधान बनाएका नेताहरु त्यसको कार्यान्वयनको समयमा एकठाउँमा रहन सकेन्न् ।

अनेकौं आशंकाहरुरुका बीचबाट संविधान त आयो । सत्ताधारी दल र प्रतिपक्ष एकठाउँमा उभिएपछि संविधानसँगै उपहारमा आयो नाकाबन्दी । भूकम्पबाट थिलो थिलो भएको बेला निकै लामो समयसम्म नाकाबन्दीको मारमा खेप्नु प¥यो । यसैबीचमा सुशील कोइरालाको सरकार ढल्यो र जन्मियो केपी ओलीको सरकार । केही आशाका किरण केपी सरकारसँगै नआएका हैन तर गर्वधारण गरेको ९ महिनापछि सन्तान जन्माउनै पर्ने गर्वावति आमाको अबस्था यदि समयमा सन्तान दिन सकिएन वा डेलिभरीमा केहि समस्य आउदा अप्ररेसन गर्नुपर्छ ठिक्क त्यही भयो केपी सरकारलाई । केपीको बिर्यका शुक्रकिटबाट पुनः जन्म भयो प्रचण्ड सरकार प्रमुखको कुर्सीमा । दोस्रो पटक पनि केही उल्लेखनी काम भने भएन तर उनले पहिलो पटकको जस्तो भुल गरेनन् केही हदसम्म आफूलाई सच्याउन खोजे तरपूर्ण सच्चिन सकेन्नन् त्यसका साछी हामी बबुरा जनता छौँ ।

त्यसपछि शेरबहादुर देउवाले प्रधानमन्त्रीको कुर्सी समाले । चौथोपटक प्रधानमन्त्री पदको रसिलो स्वाद चाखेका उनले संविधानले दिएको आदेश पालनामा भने कहि हदसम्म सफल देखिए उनको र उनको पाटीको दुर्भाग्य भन्नू पर्छ स्थानीयतह देखि प्रतिनिधिसभाको चुनावसम्म आउँदा जनताको विश्वास गुमायो । यसो हुनुमा केपी र प्रचण्डका बीचमा भएको प्रेमसम्बन्ध पनि हुन सक्छ वा अनेकौ कारण त्यसलाई काग्रेसले नै खोजोस् ।

आशा उत्साह र उत्सव हाम्राबीचबाट कहिल्यै मरेन । राणा शासन हुँदै पञ्चायत, बहुदल, राजतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रले देश धमिराले खादा पनि धैर्याताको बाध भत्केको छैन । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको दुई तिहाईको सरकारपनि अहिले जस्तै देशप्रेम जस्तै थियो । देश र जनताको स्वभीमानको रक्षाको लागि परेको सरकारका दिल्लीको आर्शिवाद नपाएकै कारण धरापमा परेको थियो । दिल्लाको असहयोग र आफ्नै पार्टीभित्र भएको गुटबन्दीको सिकारमा भट्टराईको सरकार परेको थियो । बिगत १२÷१३ वर्ष यता हेर्ने हो भने देशले १० जना प्रधानमन्त्री र ५०० भन्दा धेरै मन्त्री देश विकासको साटो राजनीति विकास भयो । आजका दिनसम्म पनि बाम सरकारले सबैभन्दा धेरै सरकारको नेतृत्व ग¥यो र अहिले दुई तिहाइको नेतृत्व गरिरहेको छ । नमच्चिने पिङ्गको सय झड्का भने जस्तै, ८ महिनाको अवधिमा यो सरकारले एउटा माखो मार्ने कामसमेत गरेको छैन । सरकार दुई तिहाईकै दम्भमा जिल्लिएको छ । यो अवधिमा केही पनि गरेको सरकारले आगामी दिनमा कस्तो गर्ने हो त्यो भने हामी अभागी नेपाली जनताले हेर्नै बाँकी छ । – सुर्खेत, हालः दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस्