Light Nepal

एप्पल र सामसुङलाई हराउँदै यो ब्राण्डको स्मार्टफोनले बनायो नयाँ विश्‍व रेकर्ड

काठमाडौं, ११ मंसिर । नेभर सेटल ट्‍यागलाइनका साथ युवाको मनमा बस्‍न सफल कम्पनी वान प्लसले प्रिमियम स्मार्टफोन सेगमेन्टमा एप्पल र सामसुङलाई हराउँदै नयाँ विश्‍व रेकर्ड कायम गरेको छ। बहुप्रतिक्षित फ्‍यागसीप फोन वान प्लस ६टीको सार्वजनिक भएपछि विहीबार ‘वान प्लस ६टी मेगा अनबक्सिङ’ कार्यक्रम मुम्बइमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा एक साथै ५५९ मानिसले वान प्लस् ६ट्टीको अनबक्सिङ गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को लागि नयाँ कीर्तिमान कायम गरेको हो।

यो कीर्तिमानी खासमा मुम्बइ रिचर्डसन एण्ड क्रुडाजमा भएको थियो। वान प्ल्सको प्रशंसकलाई अमेजनले प्राइम नामको अनिवार्य डेलिभरीको माध्‍यमबाट सार्वजनिक हुनु दुई दिन अगाडि अनबक्सिङ भइसकेको जनाएको थियो। कीर्तिमानी बनाउने प्रशंसक भारतका युवकलाई वान प्लस्6T सबैभन्दा पहिले छुने अवसर मिलेको थियो। वान प्लस् इन्डियाका महाप्रबन्धक विकास अग्रवालले भने, ‘ वान प्लस्को माध्‍यमबाट हामी उपभोक्तालाई निरन्तर फरक अनुभव गराउनमा तयार रहनेछौ।यो गिनीज रेकर्ड रेकर्ड पनि यसैको परिणाम र हिस्सा हो।’

उनले स्मार्टफोनलाई अनबक्स गर्ने पल विशेष हुने भएकाले यसलाई समाजका सयौ सदस्‍यद्वारा एकै पटक अनबक्सको इतिहास बनाउनु मन छुने इतिहास भएको दाबी गरे। यता, गिनिज वर्ल्ड एडजुडिकेटर ऋषिनाथले भने, ‘ वान प्लस कम्‍युनिटीका सदस्‍यको जोश जागर देखेर मै छक्क परे। यो रेकर्डको साथ वान प्ल्स भारतमा आफ्‍नो लोकप्रियतामा धेरै अगाडि पुग्‍नेछ। आफ्‍नो उत्साहित कम्‍युनिटीसँग वान प्लसले एउटा अर्को कोसेढुंगा पार गरेको छ।’ यस्तै इभेन्ट कम्‍युनिटीका सदस्‍य एवं प्रस्तोता समेत रहेकी अभिनेत्री बानी जे तथा गीतकार र्‍यापर ब्रोधा वीभी समेत उपस्थित थिए।

वान प्लस अहिलेसम्‍मै कम्पनीको मोस्ट फ्‍यूचरिस्टिक फ्‍ल्यागसीप स्मार्टफोन हो। यो समार्टफोनमा स्क्रीन अनलग, 6.४१ इन्चको अप्टिक एमोल्ड डिस्प्ले, क्लास लिडिङ हार्डवेयर तथा शानदार डिजाइनमा बनाइएको छ। यसलाई अहिलेसम्‍मकै मोबाइल उद्योगमा सबैभन्दा उत्कृष्ट र ह्‍याङ नहुने कम्पनीले दाबी गरेको छ।यो स्मार्टफोनमा सबेभन्दा पावलफुल प्लेटफर्म क्वालकाम स्न्‍यापड्राडन ८४५ उपलब्ध छ भने ८ जीबीको र्‍याम समाहित छ।साथै यसको नयाँ फिचर स्मार्ट बूस्टबाट एपको कोल्ड स्टार्ट स्पीड २० प्रतिशतसम्‍म बढाउन सकिनेछ।

यति मात्रै नभएर यो स्मार्टफोनमा क्‍यामरा पनि शानदार राखिएको छ, जसमा नाइटस्केप समेत राखिएको छ। जसमा शहरमा कम प्रकाशमा समेत सजिलै तस्बिर खिच्‍न सकिनेछ। ओक्सीजन अपरेटिङ सिस्टमका कारणले यसमा सफा र डायनामिक रेन्ज तथा एज डिटेक्शन समाहित छ।

प्रतिक्रिया दिनुहोस्