Light Nepal

एक चीनियाँ कम्पनी विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गर्दै , यस्तो छ तयारी

बेइजिङ – एक चीनियाँ कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउँने तयारी गरेको छ । विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारीमा चिनीयाँ एक इन्टरनेट कम्पनीले उपग्रह लिएर आएको छ । चिनीयाँ एक इन्टरनेट कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारी स्वरुप उपग्रह लिएर आएको छ । यसको उद्‌घाटन भने आउँदो बर्ष हुने बताइएको छ।

उपग्रह चीन को पश्चिमउत्तरमा रहेको गाँन्सु प्रान्तमा जियुकान सेटेलाइट लञ्च सेंटरमा आउँदो बर्ष उद्‌घाटन गरिने भएको लिंकश्योर नेटवर्क कम्पनीकाले जनाएको छ। मानिसहरुको इन्टरनेटमा पहुँच बढाउँन सेटेलाइटको विकल्प नहुँने भन्दै गुगल, स्पेस एक्स, वेन वेइभ लगायतका कम्पनीले पनि विश्वभर फ्रि वाईफाइका लागि योजना अघि बढाएका छन्।२०२० सम्म अन्तरिक्षमा यस्ता १० उपग्रह र २०२६ सम्म २ सय ७२ उपग्रह हुनेछन्।

पिपुल्स डेली मा प्रकाशित एक रिपोर्ट अनुसार, उपग्रह द्वारा उपलब्ध गराइने इन्टरनेट सेवा सबैले सजिलो तरिकाले उपयोग गर्न सक्नेछन् । । यो सेवा प्रयोगकर्ताले आफ्नो मोबाइल फोन बाटै उपयोग गर्न सक्नेछन्।रिपोर्टका अनुसार, लिंकश्योरका कार्यकारी निर्देशक ९सीईओ० वांग जिंगयिंगले कपनीले यो परियोजनामा तीन अरब युआन खर्च गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्