Light Nepal

यातायात व्यवस्था विभागले छपाइएका लाइसेन्स आजबाट वितरण गर्दै

काठमाडौँ – यातायात व्यवस्था विभागले छपाइएका लाइसेन्स आज (सोमबार) बाट वितरण गर्ने जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने वताएका छन् ।

हाल दैनिक ८ देखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ । लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटसगँ ४५ दिनमा ६ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो । तर २ महिनामा बल्ल १ लाख १२ हजार थान लाइसेन्स छापिएको छ ।

मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा छपाइमा ढिला भएको जनाएको छ । कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्