Light Nepal

नेपाली युवाहरुलाई लोभ्याउने र पल्सर, होन्डालाई मात खुवाउने गरि यामाहाले ल्यायो R15-V3.0, यस्तो छ यसको विशेषता

काठमाडौं, १८ मंसिर । विशेष गरेर युवावर्गको रोजाईमा उत्कृष्ट डिजाइन, उच्च पफर्मेन्स तथा रेसिङ्ग डीएनएजस्ता कारण यामाहाका बाइकहरू पर्ने गरेको छ । यामाहाले नेपाली बजारमा आर–१५ तथा आर–१५ भी–२ को सफलतापश्चात् आर–१५ भी–३ सार्वजनिक गर्ने तयारी गरेको छ । स्र्पोटी लूक्स, उत्कृष्ट माइलेज, उच्च पफर्मेन्सका कारण युवाहरूको रोजाईमा यो बाइक पर्न सफल भएको हो । यामाहाले आर–१५ सिरिजलाई हरेकपटकको परिवर्तनमा अझ एग्रेसिभ बनाउँदै लगेको छ ।

ड्यूल कलर कम्विनेशनले यो बाइकको आवरण निकै आकर्षक देखिएको छ । नेपाली बजारमा केही दिनमै आधिकारीक लन्च गर्ने तयारी गरेको यामाहा आर–१५ भी–३ निकै आकर्षक छ । यामाहाको आर–१५ को पहिलो सिरिजदेखि नै बाइकको लूक्सलाई एग्रेसिभ बनाएर ल्याएको छ । भी–३ सम्म आउँदा यसमा निकै नै परिवर्तन देख्न सकिन्छ ।

यामाहाले भी–३ मा ग्राफिक्स तथा आउट–लूकमा निकै परिर्वतन गरेर ल्याएको छ । मस्कुलर बडी, एग्रेसिभ हेडल्याम्प, वाइडर ह्वीलजस्ता विशेषताले यो बाइकलाई अझ उत्कृष्ट देखाएको छ । ड्यूल कलर कम्विनेशनले यो बाइकको आवरण निकै आकर्षक देखिएको छ । पुरानो भी–२ को तुलनामा भी–३ मा पिलियन सिटको हाइट कम गरिएको छ । जसले पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्नेछ । झट्ट हेर्दा निकै पावरफूल देखिने यो बाइक १५५ सीसीको क्षमताको रहेको छ । यामाहा आर–१ तथा आर–६ बाट प्रेरित भएर यसको लूक्स बनाइएको छ । यसको आकर्षक तथा रेसिङ्ग लूक्सले सडकमा बाइक राइडरले आफुतर्फ ध्यान खिच्न सफल हुनेछ ।
आर–१५ भी–३ मा यामाहाले रेगुलर हेलोजिन हेडल्याम्पलाइ हटाएर एग्रेसिभ सार्प–ट्वीन एलईडी हेडल्याम्प दिएको छ । उक्त हेडल्याम्पले बाइकको फ्रन्ट–लूकलाई अझ एग्रेसिभ बनाएको छ भने, टेलमा पनि एलईडी ल्याम्पको प्रयोग गरिएको छ । जसले बाइकको रियर–पार्र्ट अझ आकर्षक देखिएको छ । ट्वीन एलईडीसहितको पावरफूल हेडल्याम्पले बाइकलाई रातीको समयमा चलाउन पनि निकै सहज बनाएको छ ।

यामाहाले आर–१५ सिरिजमा राइडिङ्ग पोस्चरलाई एग्रेसिभ बनाएको छ । नयाँ भर्सनमा यसको ह्यान्डलबारलाई निकै सहज बनाइएको छ । बाइकको राइडर सिट र ह्यान्डलबार लगभग एउटै लेभलमा रहेको कारण राइडर अगाडि झुकेर बाइक राइड गर्नुपर्ने हुन्छ । यामाहाले आर–१५ भी–२ माभन्दा भी–३ मा राइडर सिटलाई वाइड बनाएको छ, जसले राइडरलाइ सहजता प्रदान गर्छ । बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, जुन भी–२ को भन्दा १ लिटरले कम हो । फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज दिने दाबी गरेको छ ।

सिटसँगै दिइएको एरोडाइनामिक फ्यूल ट्याङ्कको ग्रिपको साहायताले राइडरलाई कर्नरिङ्गमा आत्मविश्वास बढाउनेछ । भर्सन–२ माभन्दा भर्सन–३ मा पिलियन ९पछाडि० सिटलाई रिभाइज गरिएको छ । पुरानो भी–२ को तुलनामा भी–३ मा पिलियन सिटको हाइट कम गरिएको छ । जसले पछाडि बस्ने यात्रुलाई सहजता प्रदान गर्नेछ । अग्ला राइडरलाई भी–२ भन्दा भी–३ निकै सहज लाग्नेछ । यामाहा आर–१५ भी–३ मा एबीएसको कमी महसूस हुन्छ । बाइकको पफर्मेन्सलाई हेर्दा यसमा एबीएस फिचर हुन जरुरी देखिन्छ । तथापि, बाइकको ब्रेकिङ्ग सिस्टम उत्कृष्ट रहेको छ । फ्रन्टमा २८२ एमएम तथा रियरमा २४० एमएमको डिस्क–ब्रेक रहेको छ । यसमा रहेको वाइडर ह्वील र डिस्कको कम्बिनेशनले राइडरलाई उच्च गतिमा पनि बाइक कन्ट्रोलमा गर्न कन्फिडेन्स प्रदान गर्छ ।

यामाहाले भी–३ मा अल न्यू डिजिटल कन्सोलको प्रयोग गरेको छ । यसमा फ्यूलगेज, गियर इन्डिकेटर, स्पीडोमिटर, भीभीए इन्डिकेटरजस्ता फिचरकासाथै रेगुलर सबै फिचरहरू दिइएको छ । कम्पनीले कन्सोलमा नयाँ फिचरको रुपमा कस्टोमाइज गरेर आफ्नो नाम सेट गर्नसक्ने बनाएको छ ।
यो बाइकको मुख्य विशेषता भनेको नै इन्जिन प्रफर्मेन्स हो । यो बाइकमा फोर–भल्भ, फोर–स्ट्रोक सिङ्गल सिलिन्डर भीभीए–१५५ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९।४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४।७ एनएम–टर्क जेनेरेट गर्छ । यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।

१५० सीसी सेग्मेन्टमा नै पहिलो भीभीए इन्जिन रहेको यो बाइकमा सिक्स–स्पीडको गियर बक्स रहेको छ । यो बाइकमा रेगुलर क्लचलाई हटाएर कम्पनीले स्लिपर क्लच दिएको छ । जसले गियर चेन्च गर्दा छिटो तथा क्लच रिलिज गर्दा बाइकमा आउने झट्कालाई कन्ट्रोल गर्छ । बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्क दिएको छ, जुन भी–२ को भन्दा १ लिटरले कम हो । फ्यूल इन्जेक्सन इन्जिन रहेको यो बाइकले ३५ किलोमिटर माइलेज दिने दाबी गरेको छ । हामीले उपत्यकाको सडकमा चलाउँदा पनि ३०–३२ माइलेज दिएको पाएका छौँ ।

यो बाइक १५० सीसी सेग्मेन्टमा नै पहिलो यस्तो बाइक हो, जसमा भीभीए टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा रहेको भीभीए इन्जिनले दुई क्याम्पमा काम गर्छ । बाइकले प्रदान गर्ने उच्च पावर र टर्कले राम्रो पफर्मेन्स दिन्छ । ७ हजार ४ सय आरपीएममा पहिलो क्याम्पले काम गर्छ भने ७ हजार ४ सय आरपीएममाथि भीभीए एक्टिभेट हुन्छ र दोस्रो क्याम्पले एकैसाथ काम गर्छ । जसको कारण उच्च आरपीएममा यो बाइकको पफर्मेन्स उच्च नै रहन्छ ।
सामान्य अरू बाइकमा १५० सीसी सेग्मेन्टमा कुनै पनि बाइकको पावर १५ देखि १६ बीएचपी रहेको पाइन्छ । यो आर–१५ भी–३ मा भीभीएका कारण १९।४ बीएचपी पावर रहेको छ । यसको नेपाली बजारमा मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यामाहाले सधैँ उत्कृष्ट लूक्सका बाइकहरू उत्पादन गर्दैआएको छ ।

अघिल्ला सिरिजजस्तै निकै स्टाइलिस देखिने यो बाइक कम क्षमताको इन्जिनका बाबजूद उच्च गति प्रदान गर्न सक्ने क्षमता राख्छ ।यसको रेसिङ्ग लूक्स, आकर्षक डिजाइन, उच्च माइलेज, उत्कृष्ट ब्रेकिङ, स्लिपर कल्च, भीभीए इन्जिन, मस्कुलर बडीजस्ता फिचरले यो बाइकलाई उत्कृष्ट बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्