Light Nepal

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी वल्भ्सद्वारा पराजित

काठमाडौं, २० मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सी वुल्भ्ससँग पराजित भएको छ । वुल्भ्सको मैदानमा बुधबार राति भएको खेलमा चेल्सी वुल्भ्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । वुल्भ्सका लागि राउल जिमिनेज र डिओगो जोटाले एक एक गोल गरे । चेल्सीका लागि रोबिन लोफ्टस चेकले एक गोल गरे ।

सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले पराजित हुनु पर्यो । खेलको १८ औं लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा जिमिनेजले गोल गर्दै वुल्भ्सलाई खेललाई बराबरीमा ल्याए ।

त्यसपछि ६३ औं मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सले २–१ को महत्वपूर्ण जित निकाल्यो । हारसँगै चेल्सी १५ खेलबाट ३१ अंक जोड्दै चौथो स्थानमा छ । वुल्भ्स १५ खेलबाट १९ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्