Light Nepal

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं, २० मंसिर । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा नेपाल आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

११ बजेबाट सुरु हुने खेलमा लिगको चौथो स्थानमा रहेको आर्मीले आजको खेल जितेर दोस्रो स्थानमा उक्लिने प्रयासमा रहनेछ । अपराजित यात्रालाई निरन्तर कायम राखेको आर्मीले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

फ्रेन्ड्स क्लबले पाँच खेलमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार ब्यहोरेको छ । यस्तै आजै हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्