Light Nepal

प्रकाश सपुतको नयाँ गीत ‘घर त काठेखोला, बाँचे भेट होला’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २० मंसिर । लोकप्रिय गायक, सर्जक, मोडेल प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । गीतलाई दर्शक, श्रोताले निकै रुचाएका छन् ।

गाउँघरमा सर्वाधिक रुचाइएको पञ्चेबाजामा आधारित रहेर तयार पारिएको ‘घर त काठेखोला, बाँचे भेट होला’ गीत गायक सपुतको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक सपुतको गाउँ बागलुङ जिल्लाको साविकको धम्जा गाविस र हाल काठेखोला गाउँपालिका ३ धम्जामा पर्छ ।

यो गीत सर्वाधिक चर्चित ‘बोल माया’ पछिको गीत हो । यस गितमा पनि सपुत सँगै बोल मायामा जिवन्त अभिनय गरेर चर्चित बनेकी मोडेल अञ्जली अधिकारीको अभिनय र नाँच देख्न सकिनेछ ।

आफ्नै जन्मगाउँ र त्यसकै सेरोफेरोमा समर्पित भएर गित र म्युजिक भिडियो तयार गरिएको गायक सपुतले बताउनुभयो । सपुतका आफ्नै भाई देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियो करन चैसिरले छायांकन र प्रविण भट्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्