Light Nepal

विश्वभर चर्चा चलेको श्रृंखलाको यो भिडियो, जसका कारण उनी बनिन् अवार्डको हकदार (भिडियो सहित)

काठमाडौं, २० मंसिर । चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपालकी सुन्दरी श्रृंखला खतिवडाले कैलाश गाउँपालिकामा निर्माण गरेको स्वास्थ्यचौकी सम्बन्धि भिडियो हेरेर विश्वभरवाट निकै राम्रा प्रतिकृया आइरहेका छन् । उनले प्रतिस्पर्धामा दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको हो ।

उनले जितेको मल्टिमिडिया अवार्ड हात पार्नुमा भोटरको हात थियो भने ब्यूटी विथ प्रपोजको अवार्ड उनले आफ्नै बलबुताले जितेकी हुन् । श्रृंखलाले यो अवार्डका लागि प्रस्तुत गरेको भिडियोमा विश्वभरवाट निकै राम्रो प्रतिकृया आएको हो । यो आठ मिनेट २१ सेकेन्डको भिडियोमा उनले गरेको दुख र मिहिनेत प्रष्टसंग देखिन्छ ।

मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा उनले स्वास्थ्य चौकी निर्माण गरेकी छन् । त्यसका लागि उनले गरेको अध्ययन र कामलाई भिडियोमा देखाइएको छ । सो गाउँको गरिबी, अशिक्षा र अभावलाई भिडियोमा प्रष्टसंग देख्न सकिन्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरमा स्नातक श्रृंखलाले आफैं विल्डिङ डिजाइन तयार गरेर हेल्थपोष्ट भवन बनाएकी हुन् । हेल्थपोष्ट निर्माण भइसकेपछि त्यहाँ उनले चिकित्सक सहितको स्वास्थ्य क्याम्प गरिन् जसमा थुप्रै गाउँले सहभागी भए । ति मध्ये पहिलो पटक चिकित्सकलार्ई भेट्नेहरु पनि थिए । ६ महिनासम्म स्रोत जुटाउनेदेखि विभिन्न गृहकार्य गरेर हेल्थपोस्ट तयार पारेकी छन्
राजधानीबाट केही सय किलोमिटर मात्रै दुरीमा रहेता पनि यहाँ बिजुली, पानीलगायत कुनै पनि आधारभूत सुविधा छैनन् । यहाँका बस्ती र रहनसहन हेर्दा कुनै आदिम समयको झल्को आउँछ ।

प्रतिक्रिया दिनुहोस्