Light Nepal

जियोनीका अध्यक्षले जुवामा हारे डेढ खर्ब रुपैयाँ

काठमाडौं, २० मंसिर । स्मार्टफोन उत्पादक चिनीया कम्पनी जियोनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिईओ) लिउ लिरोङले जुवामा एक खर्ब ६० अर्ब रुपैयाँ हारेका छन् ।चिनीया पत्रिका सेक्यूरिटीस टाइम्सले प्रकाशन गरेको एक रिपोटमा जिओनीका अध्यक्ष लिउले जुवामा एक अर्ब ६० करोड रुपैयाँ हारेपछि कम्पनी नै संकटमा परेको छ । उनले १० अर्ब चाइनिज युआन हारेको रिपोर्टमा जवनाएको छ ।

तर, अध्यक्ष एवं सिईओ लिउले यसको खण्डन गरेका छन् । उनले यसलाई हल्ला मात्रै भएको जनाएका छन् । उनी जुवाका शौखिन हुन् । प्रायः जुवा खेल्ने गरेका छन् । यस अघि पनि पटक पटक जुवामा हारेका समाचार बाहिर आएका थिए । उनले साइपन आइल्यान्डको इम्पेरियल प्यासिफिक रिसोर्टको क्यासिनामो जुवा खेल्दा हारेको जनाएको छ । यो पैसा कम्पनीको खाताबाट निकालेको पाइएको छ ।

जियोनी चर्चित स्मार्टफोन उत्पादन कम्पनी हो । यसले ६ प्रतिशत बजार ओगटेको छ । कम्पनीको खाताबाट एक खर्ब ६० अर्ब रुपैयाँ झिकिएपछि संकटमा परेको हो । त्यसयता उत्पादन कटौती गरेको जनाएको छ । यसका अध्यक्ष लिउले जियोनी कम्पनीले एक खर्ब ६० अर्ब रुपैयाँ गुमाएको स्वीकारेका छन् । उनले जुवामा नभएर शेयरमा गिरावट आउँदा गुमाएको प्रतिक्रिया दिएका छन् । जुन कम्पनीका कर्मचारीले समेत पत्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्