Light Nepal

निर्मला हत्या प्रकरणको रहस्य खुल्दै, कञ्चनपुरवाट थप दुई जना पक्राउ

काठमाडौं, २० मंसिर । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नता अभियोगमा काठमाडौंमा एक जना पक्राउ परेपछि सो घटनाको रहस्य खुल्दै जान थालेको छ । प्रहरीले यस अघि काठमाडैंवाट कञ्चनपुरका २२ वर्षीय प्रदिप रावललाई पक्राउ गरेको थियो । रावलको बयानको आधारमा कञ्चनपुरवाट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । कञ्चनपर प्रहरीले उनीहरु पक्राउ गरेपनि पहिचान भने गोप्य राखेको छ । उनीहरु चौधरी थरका युवा भएको बताइए पनि नाम खुलाइएको छैन ।

स्रोतका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबार (आज) काठमाडौं ल्याइएको छ । उनीहरुमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काठमाडौंस्थित टोलीले अनुसन्धान सुरु गरेको छ ।  रावल लागुऔषध प्रयोगकर्ता र यसअघि पनि अपराधिक पृष्ठभूमिमा संलग्न रहेका युवा भएको बताइएको छ । गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि रावल बेपत्ता भएका थिए ।

उनलाई भारत गएको बताइएको थियो । प्रहरीले उनको खोजि भारतमा पनि जारी राखेको थियो । केही समयसम्म भारतमा बसेका रावल ५ दिनअघि मात्रै काठमाडौं आएको बेला प्रहरीले पक्राउ गरेको हो । उनलाई सीआईबीले आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ । रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ । डीएनए रिपोर्ट शुक्रबारसम्म आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्