Light Nepal

इटा भट्टालाई माटो खन्न स्वीकृत नदिएको भन्दै वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटे

भक्तपुर, २० मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खडकाले नगरपालिकाका कार्यालय प्रमुख प्रशासकिय अधिकृत माथि कुटपिट गरेका छन् । विहिवार प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका हुन् ।

वडाध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत नदिए पछि कुटपिटमा उत्रिएका हुन् । प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपुर्याई जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने उत्तर दिए पछि उनी आक्रोशित भएका थिए ।

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडा अध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णयबिना सिफारिस गर्न नमिल्ने जानकारी गराएपछि कुटपिट गरेको बताए ।

नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशासकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुको साथै पानीको बोतल प्रहार गरेका थिए ।

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्