Light Nepal

बाहिरियो भिडियो, नेपाल आइडलमा जानु अघि बारमा यसरी गाउथेँ बिक्रम बराल (भिडियो)

काठमाडौँ। अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाल आइडलले अहिले हजारौं प्रतिस्पर्धीबाट आफ्नो टप ८ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन बिहीबार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ।

नेपाल आइडलबाट धेरै लुकेका प्रतिभाहरूले आफ्नो पहिचान बनाउन सफल भएका छन्। ती मध्ये एक हुन् पोखराका बिक्रम बराल। नेपाल आइडलको पोखरा अडिसनमा गोल्डेन माइक पाएर सिधै गाला राउन्डमा आइपुगेका हुन्। नेपाल आइडलमा आएपछि उनले आफ्नो प्रस्तुतिले आफूलाई एक बलियो प्रतिस्पर्धीको रुपमा स्थापित गराउन सफल भएका छन्।

यसैबीच उनी नेपाल आइडलमा आउनु भन्दा पहिलोले एउटा भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनी एउटा बारमा गीत गाउँदै गरेको देख्न सकिन्छ। हेर्नुस् यो भिडियो।

प्रतिक्रिया दिनुहोस्