Light Nepal

जव एक महिना अगाडि मात्रै किनेको आइफोन-एक्स गोजीभित्रै पड्किएपछि…

एजेन्सी – अमेरिकामा भर्खरै यस्तो घटना घटेको छ जसले ढुक्कसँग एप्पलले उत्पादन गरेका नयाँ नयाँ संस्करणका आइफोन प्रयोगकर्ताहरूलाई झस्काउन सक्छ । सन् २०१८ मा लंच गरिएको एप्पलको आइफोन-एक्समा आफैँ आगो लागेको समाचार आएको छ ।

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा बसोबास गर्ने एकजनाले एक महिना अघि मात्र किनेको आइफोन-एक्सएस म्याक्समा आफैं आगो लागेको बाताएका छन् ।

जोस हिलार्ड नाम गरेका ती व्यक्तिले गत डिसेम्बर १२ मा उनले एक महिना अघि मात्रै किनेको आइफोन-एक्सएस म्याक्समा आगो लागेको गुनासो गरेका छन् । हिलार्डका अनुसार उनले उक्त फोन आफ्नो गोजीमा राखेका थिए, उनलाई अचानक तातो अनुभव भयो र के रहेछ भनी हेर्दा गोजीबाट हरियो र पहेँलो रङ्गको धुँवा निस्किरखेको थियो ।

हिलार्डलाई उद्धृत गर्दै न्युज-एट्टीनले हिलार्ड एकजना सहकर्मीले आगो निभाउन सहयोग गरेका थिए । आगोले फोनमा निकै क्षति भइसकेको थियो र त्यसको फ्रन्ट डिस्प्लेको आधा भन्दा बढी स्क्रीन काम नलाग्ने भएको थियो । फोनको पछाडिको भागमा र छेउमा समेत क्षति पुगेको बताइएको छ । जोसले फोन किनेको तीन हप्ता मात्र भएको बताए ।

जोसले त्यसपछि आफू एप्पल स्टोरमा गएको तर एप्पलले उनलाई अर्को फोन दिन अस्वीकार गरेको बताए । उनले उक्त घटनामा उनका लुगा जल्नुका साथै खुट्टामा समेत पोलिएको छ । उनले एप्प्ल्ले आफूलाई कुनै पनि प्रकारको क्षतिपूर्ति नदिएको जनाए । एप्पलले भने यस मामिलामा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्