Light Nepal

रवी लामिछानेले बिहे गरेको २५ बर्षपछि श्रीमतीसंग सम्बन्ध विच्छेद् भएपछि भावुक हुदै भने : “सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ”

काठमाडौं, २० पुष । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्नी ईशासँग सम्बन्ध विच्छेद गरेका छन् । उनले आफ्नो करिब २५ वर्ष लामो वैवाहिक सम्वन्ध टुंग्याएको बताएका छन् । उनले शुक्रवार फेसवुकमा लामो स्टाटस लेखेर यसको खुलासा आफै गरेका छन् । उनले बताए अनुसार इशासंग रविले केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।

रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविको भनाइ छ ।

रविले जनाए अनुसार उनीसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका उडिसकेकी छन् । उनले पत्नस्संग डिभोर्स गर्नुको कारण भने खेलेका छैनन् । तर धेरै कारण भएको बताएका छन् । डिभोर्स अघि पनि पत्नीसंग राम्रो सम्बन्ध नभएका कारण उनी अमेरिकामै रहंदा अलग्गै बस्ने गरेको समेत बताएका छन् । पत्नीसंग सम्बन्ध विग्रेपछि अमेरिकामै विदेशी केटीसंगको प्रेम सम्बन्धमा हरेको र उवाट समेत एउटा सन्तान भएको रवी आफैले खुलाएका छन् ।

‘तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भइसक्यो, हाम्रो सम्बन्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुँदैन रहेछ,’ रविले आफ्नो असफल वैवाहिक सम्वन्धका बारेमा आफैंले फेसबुकमा वयान गर्दै लेखेका छन्, ‘दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिनँ होला । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौं, जुन गल्तीले सारा घटनाहरु घटे ।अगाडि के के भयो ? भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्