Light Nepal

बेहुलीले जब विवाहको केक काट्नासाथ रुन थालिन् , तत्कालै प्रहरी बोलाउनु पर्‍यो (भिडियोसहित)

एजेन्सी – फिलिपिन्समा हालै भएको एक बिहेको पार्टीमा विवाहको केट काट्ने बित्तिकै प्रहरी बोलाउनु परेको छ । बिहेको पार्टीबाट पुलिसले त्यो पार्टीको व्यवस्थापन गर्ने वेडिङ प्लानरलाई पक्राउ गरेको छ । फिलिपिन्सको पासिङ शहरकी शिने तमायो र झोन चेनको विवाह भएको थियो । बिहेपछि उनीहरुले रिसेप्सन पार्टी राखेका थिए ।उक्त पार्टीमा केट काट्ने क्रममा प्रहरी बोलाउनु परेको हो ।करिब ३ लाख खर्च गर्दै रिसेप्सन पार्टीको सबै व्यवस्थाको जिम्मा क्रिसा केनेनिया नामकी वेडिङ प्लानरलाई दिएका थिए ।

खास कुरा त के भने त्यहाँ आएको केक समेत थर्माकोलबाट बनेको थियो । बेहुलीले जब केक काटिन् त्यसपछि उनी जोडजोडले रुन थालिन् । रिसाएका पाहुनाहरुले वेडिङ प्लानरविरुद्ध पुलिसमा उजुरी गरिदिए ।वेडिङ प्लारले त्यहाँ नक्कली केक मात्र होइन खाने व्यवस्था पनि निकै खराब थियो जसका कारण पूरै पैसा दिएर पनि बाहिरबाट खाना मगाउनुपर्यो ।आफूसँग भएको धोकाका कारण बेहुली निकै दुखी भइन् । उनले आरोपी महिलामाथि पुलिस केस गरिदिइन् । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया दिनुहोस्