Light Nepal

आज बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेको दोस्रो खेल , कति बजे शुरु हुन्छ त ?

काठमाडौं – आज बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछानेले दोस्रो खेल खेल्दै छन् । चर्चित नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको सिलेट सिक्सर्सले चित्तागोंग भाइकिंग्ससँग आज दोस्रो खेल खेल्दैछ ।बंगलादेश प्रिमियर लिगमा आज नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दोस्रो खेलका लागि मैदानमा उत्रिदै छन् ।

आज खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ देखी सुरु हुने छ ।आजको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले राम्रो प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए । चित्तागोंगको कप्तानी मुशफिकुर रहिमले गर्ने छन् ।खेल दिउँसो १२ : १५ देखी ढाकामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्