Light Nepal

आज बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेले विकेट लिन सकेनन्

काठमाडौं – आज बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछानेले विकेट लिन सकेनन् । पहिलो खेलमा २ विकेट लिएका नेपाली खेलाडी सन्दिप लामिछानेले आज भने बिकेट लिन सकेनन् । बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको सिलेट सिक्सर्सले चित्तागोंग भाइकिंग्सलाइ हराए पनि खेलमा सन्दिपले उत्र्कष्ट प्रदर्शन भने गर्न सकेनन् । उनले महत्वपुर्ण खेलाडीलाई भने रनआउट गरे । चार ओभरमा सन्दिपले २१ रन दिए ।उनले पहिलो ओभरको पहिलो बलमा २ रन , तेस्रो बलमा मात्र १ रन र अन्तिम बलमा एक दिदा सन्दिपले पहिलो ओभरमा मात्र ४ रन खर्चिए ।

तर उनले फिल्डिङमा भने उत्कृष्ट रनआउट गर्न सफल भए ।सन्दिपले ३८ रनमा खेलिरहेका क्यामरुन डेलपोर्टलाई डाइरेक्ट हिट गरेर रनआउट गरे । उनले ब्यक्तिगत दोस्रो ओभरमा तीन रन दिए । त्यसपछि तेस्रो ओभरमा पनि उनले ५ रन दिए ।चौथो ओभरको पहिलो बलमा सन्दिपको बलमा फ्रेलिंकले एक रन लिए भने अर्को बलमा सिकन्दर राजाले एक रन जोडे ।त्यसपछी पाँचौ बलमा एक एक रन दिएका सन्दिपले अन्तिम बलमा चौका खाए ।टस जितेर पहिले ब्याटिङ‍ गर्दै ५ विकेटको क्षतिमा १६८ रन बनाएको सन्दीपको टिम सिलेटले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा चिटगाउँ भाइकिंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनमात्र बनाउन सकेपछि सिलेट सिक्सर्स ५ रनले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्