Light Nepal

बंगलादेश प्रिमियर लिगमा विकेट नलिए पनि सन्दीपको फिल्डिंगमा उत्कृष्ट , देखिए फरक लयमा (भिडियो सहित)

काठमाडौं – आज बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछानेले विकेट लिन सकेनन् । उनको टीम सिल्हेट सिक्सरले आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्दा नेपाली स्टार सन्दीपले विकेट लिएर होइन रन आउट गरेर टीमको जितमा महत्वपूर्ण भूमिका निर्भाह गरेका छन् ।पहिलो खेलमा २ विकेट लिएका नेपाली खेलाडी सन्दिप लामिछानेले आज भने बिकेट लिन सकेनन् । बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको सिलेट सिक्सर्सले चित्तागोंग भाइकिंग्सलाइ हराए पनि खेलमा सन्दिपले उत्र्कष्ट प्रदर्शन भने गरेका छन् । उनले महत्वपुर्ण खेलाडीलाई भने रनआउट गरे । चार ओभरमा सन्दिपले २१ रन दिए ।

टस जितेर पहिले ब्याटिङ‍ गर्दै ५ विकेटको क्षतिमा १६८ रन बनाएको सन्दीपको टिम सिलेटले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा चिटगाउँ भाइकिंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनमात्र बनाउन सकेपछि सिलेट सिक्सर्स ५ रनले विजयी भयो ।जितसँगै सिक्सर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्