Light Nepal

हास्य टेलिशृंखला ‘भद्रगोल’ले नायक दयाहाङ राईको ‘मिस्टर झोले’लाई पछि पार्यो (भिडियोसहित)

नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलि शृंखला ‘भद्रगोल’ले नायक दयाहाङ राईको ‘मिस्टर झोले’लाई पछि पार्दै शीर्ष स्थान बनाएको छ । टुब ट्रेन्डिङको अवस्था हेर्दा नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलि शृंखला ‘भद्रगोल’ शीर्ष स्थान बनाएको हो ।टेलि शृंखला ‘भद्रगोल’ ले मंगलबार रातिसम्म शीर्ष स्थानमा रहेको फिल्म ‘मिस्टर झोले’लाई पछि पार्दै ट्रेन्डिङ नम्बर वान बनेको हो ।

अघिल्लो साताको आइतबार युटुबमा रिलिज भएको नायक दयाहाङ राईको फिल्म ‘मिस्टर झोले’ लगातार ट्रेन्डिङमा ‘नम्बर वान’ मा थियो । यस्तै तेस्रो स्थमान भने दयाहाङकै फिल्म ‘लालटिन’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्