Light Nepal

सुर्य खड्काको ‘अवकाश’ मा बिपेस र सारिका घिमिरेको यस्तो अवस्था (भिडियोसहित)

काठमाडौं, २७ पुस ।  लोकदोहोरी गायक सुर्य खड्काले बजारमा ल्याएका गीतहरु सबै दर्शक, श्रोताको मन जित्न सफल भएका छन् । जागीरको क्रममा जापानमा रहेका गायक खड्काले निरन्तर गीतहरु बजारमा ल्याईनै रहेका हुन्छन् । यसैक्रममा खड्काको आवाजमा अर्को गीत बजारमा आएको छ ।

गायक खड्काको आवाजमा ‘अवकाश’ हिजोमात्रै बजारमा आएके हो । सदाबहार चर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक खड्काको आवाजमा ‘अवकास’ भिडियोसहित बजारमा आएको हो ।

उक्त गीतमा अहिलेका निकै चर्चित मोडल बिपेस घिमीरे र सारिका घिमिरेको जिवन्त अभिनय देख्न सकिन्छ । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गीतमा समेटिएको छ ।

गीतको सम्पुर्ण पक्ष निकै प्रशंसा गर्न लाएक रहेको छ । गीतमा इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको छ भने स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन ।

यसैबिच गित सार्वजनिक भए पछि गायक खड्काले आफुलाई यो गित अत्यन्तै मन परेको बताए । उनले गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको समेत बताए । गीतलाई स्वयं गायक खड्काको अफिसियल युट्युव च्यानलमार्फत हिजोमात्रै सार्वजनिक गरिएको हो । ‘अवकास’ ले पनि सबैको मन जितोस लाईट नेपाल डटकम परिवारको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्