Light Nepal

‘गोप्य अनुसन्धान गर्नुछ’ भन्दै सक्कली डिएसपीको नाममा नक्कली डिएसपी होटलको कोठामा, थरी थरीका युवती बोलाएर मस्ती : यसरी भयो पर्दाफास

काठमाडौं, २७ पुष । आफुलाई प्रहरीको डिएसपी हुँ भन्दै कमलादीको होटलमा बसेर ठगी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । उनले होटलको कोठा बुक गरेर कोठामा युवतीहरु बोलाएर रासलिला गर्ने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

गोप्य अनुसन्धान गर्नु छ भन्दै होटलमा कोठा लिएर बसेका ति युवकलाई प्रहरीले हथकडी लगाएर कोठावाट निकालेपछि मात्र होटल मालिकले ति नक्कली प्रहरी रहेछन् भन्ने थाहा पाएका थिए । ‘हाम्रो एउटा गोप्य अनुसन्धान छ। प्रहरीलाई सहयोग गर्नुहोला भन्दै उनले कमलादीको तिरुपति होटेलमा कोठा बुक गरेका थिए । उनले ठूलै अपरेशनका लागि आफु त्यहाँ बस्न आएको र अन्य ब्यक्तिको पनि बाक्लो उपस्थिति हुनेभन्दै सहयोग गर्न होटल मालिकलाई भनेका थिए ।

उनले तिरुपतिको २०३ नम्बर कोठा बुक गरेर बस्न थालेपछि युवतीहरुको बाक्लो आवतजावत हुन थाल्यो । उनी १४ दिन त्यहाँ बस्दा होटलको ८० हजार रुपैया बिल उठेको थियो । उनले होटेल बुकिङको क्रममा आफ्नो नाम डिएसपी भीम किरण बोगटी भनेर उल्लेख गरेकाm थिए । साथै होटल ब्यवस्थापनलाई आफ्नो भिजिटिङ्ग कार्ड समेत दिएका थिए । होटलमा आउने युवतीहरुले नै प्रहरीलाई पोल लगाएपछि उनको पर्दाफास भएको हो । पैसामा कुरा नमिलेपछि रिसाएकी कुनै युवतीले प्रहरीको नाम बेचेर एक युवक होटलमा कोठा लिएर ठगी गर्दै आइरहेको सूचना प्रहरीलाई दिएकी थिइन् । विहिवार प्रहरीको टोली होटलमा पुगेर उनलाई हतकडी लगाएर बाहिर निकालेपछि भने होटल मालिक पनि तर्सिएका थिए ।

१४ दिन सम्म होटलमा बसेका नक्कली डिएसपीको वास्तविक नाम अनिल थापा हो । ३५ वर्षका उनी भक्तपुरका बासिन्दा हुन् ।थापाले यस्ता होटेलमा मात्र होइन दरबारमार्ग, ठमेल, क्षेत्रपाटी लगायतका क्षेत्रमा डिएसपी भन्दै व्यापारीलाई धम्काएर पैसा असुल्ने गरेको पनि प्रहरीको अनुसन्धानमा देखिएको छ।

रोचक के हो भने नेपाल प्रहरीमा भीम किरण बोगटी नामकै डिएसपी पनि छन्। उनी अहिले प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा कार्यरत छन्। थापाले सक्कली बोगटीको नक्कली रुप धारण गरेर ठगी धन्दा चलाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्