Light Nepal

‘अलराउण्डर’ सिर्जु अधिकारीले ल्याइन् ‘ब्याण्ड बाजा’ (भिडियो हेर्नुस्)

काठमाडौं, २७ पुष । गायिका तथा मोडेल सिर्जु अधिकारीको ‘ब्यान्ड बाजा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अहिलेको चर्चीत र ग्ल्यामरस सिर्जु गीत संगीतको क्षेत्रमा अलराउण्ड हुन् । उनले यो गीतमा श्वर मात्र दिएकी छैनन्  गीतको शब्द, संगीत पनि उनकै
हो । गीतमा केशव बडुले संगीत एरेन्ज गरेका छन् ।

केही दिन अघि सिर्जु अधिकारीको अफिसियल युटुब च्यानलवाट सार्वजनिक भएको गीतमा निकै राम्रो प्रतिकृया आएका छन् । उनको गीतमा अराज केशवले र्याप मार्फत साथ दिएका छन् ।

गीतको भिडियोमा शिब बि.केको निर्देशन र कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेन फिचर्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्