Light Nepal

वीरगन्जका ब्यवसायीद्धारा गृहमन्त्रीकै अगाडी छुट्टै नयाँ प्रदेश बनाउने चेतावनी

वीरगन्ज, २७ पुष । विरगन्जमा गृहमन्त्री रामवहादुर थापा बादल सहभागी कार्यक्रममा त्यहाँका उद्योगी ब्यवसायीले तिन जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउने अभियान चाल्ने चेतावनी दिएका छन् । गृहमन्त्रीकै अगाडी ब्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् । मुलुकको अर्थतन्त्रमा झण्डै आधा हिस्सा योगदान दिँदै आएको वीरगन्जको विकासमा संघीय र प्रदेश दुबै सरकारले उपेक्षा गरेको भन्दै ब्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार वीरगन्जमा आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाको उद्घाटन समारोहमा बोल्ने उद्योगी व्यपारी र दलका नेताले सरकारले राजस्व उठाउनका लागि मात्र वीरगन्जलाई उपयोग गर्दै आएको भन्दै आपत्ति जनाए। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगन्जसँग भइरहेको विभेद नरोकिए पर्सा, बारा र रौतहट तीन जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउनु पर्ने माग सशक्त रुपमा उठ्ने चेतावनी दिए ।

उनीहरुले मुलुक संघीय संरचनामा जानु भन्दा पहिले केन्द्र सरकारबाट विभेद र उपेक्षामा परेको वीरगन्ज, अहिले नयाँ शासन प्रणाली लागु भएपछि प्रदेश सरकारबाट पनि विभेदमा परेको गुनासो गरे।

देशको कुल राजस्वमध्ये ४० प्रतिशत राजस्व वीरगन्जबाट नै संकलन हँदै आए पनि त्यसको उपलब्धि भने अरु सहरले मात्र पाइरहेको उनीहरुको भनाइ छ।‘पहिले काठमाडौंको सरकारले विभेद गरायो, अहिले प्रदेश सरकारले प्रादेशीक संरचना सबै जनकपुरमा मात्रै केन्द्रित गरेर वीरगन्जसँग विभेद गरिरहेको छ’, कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका शर्माले भने, ‘यदि वीरगन्जसँग भइरहेको विभेद रोकिएन भने पर्सा, बारा र रौतहट जिल्लाई समेटेर अलग प्रदेश बनाउनु पर्छ भन्ने माग उठ्ने निश्चित छ’ ब्यवसायीले भने ।

प्रतिक्रिया दिनुहोस्