Light Nepal

इलाममा १६ औं अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या, रगत परिक्षण गर्न समेत मानेनन्

इलाम, २७ पुष । इलाममा १६ औं अनसन बसेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औं सत्याग्रह सुरु गरेका हुन् । उनको स्वास्थ्यमा विहिवार देखि नै समस्या देखिएको हो । उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो।

राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। परिक्षणका क्रममा उनको ब्लड प्रेसर घटेको र ग्लुकोजको मात्रा पनि निकै कम थियो। रगत परीक्षण गर्न चिकित्सकको टोलीले अनुरोध गरेपनि डा केसीले अस्वीकार गरेका कारण विहिवार उनको रगत परिक्षण हुन सकेन ।

शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपनि बिहान रगतको नमूना लगिएको थियो। डा। रामकृष्ण आचार्यले डा। केसीको ब्ल्डप्रेसर निक्कै कम र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी दिए। तर शुक्रवार दिउसो भने उनको स्वास्थ्यमा रातिमा जस्तो समस्या नआएको आचार्यले बताए ।

डा। केसीले सरकार इमान्दार नभएकाले १६औं सत्याग्रह बस्नु परेको बताएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भएपनि यसमा निश्चित नीजि मेडिकल कलेजमा नेताको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताए।

उनले तीन करोड नेपालीसँग सरकारले वेइमानी गरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा विधेयकमा माफियामूखी बुँदा राखेको उनको आरोप छ। उनले सम्झौतालाई तोडमोड गरेर माफियाको पक्षमा ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्