Light Nepal

भाईरल गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ यस्तो बन्यो (भिडियोसहित)

काठमाडौं, २८ पुस। गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक भएको छ । चलचित्र नाई नभन्नु ल ५ को ‘बालापनको उमेर’ बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् ।

उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । उमेर सानै भए पनि मिठो स्वर भएकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौं ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए । रिलिज भएको उक्त नयाँ गीत ’वनमा काफल पाक्यो।।’ मा समिक्षाले आवाज दिएकी छिन् ।

जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन्। गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् । गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन्। गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतको भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्