Light Nepal

फाल्गुनन्द गोल्डकपमा झापा–११ उपाधि नजिक

पाँचथर, २८ पुस । पाँचथरको फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप प्रतियोगिता अन्तर्गत आज अन्तिम सेमीफाइनल खेल हुँदैछ ।

आज हुने खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र भारतको रोयल फुटवल क्लव दार्जिलिङ बीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा सरस्वती क्लव विरुद्ध संघर्षपूर्ण जीत निकाल्दै झापा–११ फुटवल क्लव विजयी भएको छ ।

फिदिम माविको खेलमैदानमा हिजो भएको खेलमा झापाले सरस्वती कल्बलाई १–० अन्तरले पराजीत गर्दै उपाधिका लागि स्थान सुरक्षित गरेको छ । ५३ औं मिनेटमा कर्ण लिम्बूले गर्नुभएको गोल नैझापाको लागि निर्णायक बन्यो ।

प्रतिक्रिया दिनुहोस्