Light Nepal

सिरहा : घुर्मीखोलाबाट एक केजी सुन बरामद

काठमाडौं, २८ पुस । सशस्त्र प्रहरी बल ७ नम्बर वाहिनी सिरहाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाको सीमामा पर्ने घुर्मीखोलाबाट एक केजी सुन बरामद गरेको छ ।

विशेष सुराकीको आधारमा शनिबार बिहान एसपी सोमबहादुर गुरुङको टोलीले एक केजी सुनसहित भारतीय नम्बर प्लेटको जीप र ६ जना तस्करहरु नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले आजै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्