Light Nepal

प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट कोहलपुर आएका युवकको घाँटी रेटिएको अवस्थामा शव फेला पर्यो

कोहलपुर, २८ पुष । बाँकेको कोहलपुरमा एक युवाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट आएका युवाको कोहलपुरमा शव फेला परेको हो । उनको निर्ममतापूर्वक हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं। ११ स्थित नयाँ बसपार्क नजिकै उनको शव विभत्स अवस्थामा फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनी सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरी हुन् । ठकुरीको धारीलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

ठकुरीका आफन्तले प्रहरीलाई बताए अनुसार उनी प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट बाँके आएका थिए । उनले प्रहरीमा भर्ना हुनका लागि कनै अज्ञात ब्यक्तिलाई एक लाख ५० हजार रुपैया पनि बुझाएका थिए । उनी त्यही पैसा बुझाएका ब्यक्तिलाई भेट्न भन्दै शुक्रवार सुर्खेतवाट कोहलपुर हिँडेका थिए । उनको शनिवार विभत्स अवस्थामा शव फेला परेको हो ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ । प्रहरीले घटनालाई गम्भिरता पुर्वक लिंदै अनुसन्धानमा कुकुर प्रयोग गरेको जनाएको छ । फोटो श्रोत : काँचुली खबर

प्रतिक्रिया दिनुहोस्