Light Nepal

पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आयो: संयोजक मिश्र

काठमाडौं, २८ पुस । विवेकशील साझा पार्टीले उज्वल थापाले वैकल्पिक पार्टी निर्माण अभियानलाई धोका दिएको आरोप लगाएको छ । विवेकशील साझाका संयोजक थापा सहित १६ जनाले ‘विवेवशील नेपाली पार्टी’ ब्यूँताएका थिए । विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले पार्टीमा आएको फुटले आफूहरु आश्चर्यमा परेको बताउनुभएको छ ।

कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा मतभिन्नता रहेको स्वीकार गर्दै आचार्यले ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने अपेक्षा गरेको बताउनुभयो ।

आज काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताउनुभयो । तर आफूहरुको अभियान नरोकिने उहाँले प्रष्ट पार्नुभयो । संयोजक मिश्रले पार्टीमा विमती भएपनि अनायाशै छोडेर जान्छन् भन्ने नलागेको प्रतिक्रिया दिनुभयो ।

०४६ सालपछि बैकल्पिक पार्टी निर्माणका लागि राम्रा मान्छेले धेरै प्रयास गरेको स्मरण गर्दै मिश्रले एक वा अर्को कारणले विखण्डित भएका कारण देशमा रुपान्तरणको काम हुन नसकेको बताउनुभयो । छोडेर जानेहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको संयोजक मिश्रको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्