Light Nepal

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

काठमाडौं, २९ पुस । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतित भन्दा स्वदेशमा उत्पादित औषधिको मूल्या आठ गुणासम्म महंगो पर्न गएको छ ।

नागरिक दैनिकले विदेशबाट आयातित र स्वेदशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा मंहगो रहेको तथ्य फेला पारेको हो ।

राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिंदै आएको छ । तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि मंहगो किन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्