Light Nepal

पुँजीगत बजेटको ६ महिनाः देउवाको खर्च ४७ अर्ब, ओलीले गरे ५१ अर्ब

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको सबालमा सरकारले फड्को मारिरहेको बताए पनि सरकारी तथ्यांकले अघिल्लो सरकारले तुलनामा चार अर्ब रुपैयाँमात्र बढी खर्च भएको देखाएको छ ।

अघिल्लो वर्ष कम गर्न नसकेको भनेर आलोचना गरिएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही ६ महिनामा पुँजीगत बजेट ५१ अर्ब रुपैयाँमात्र खर्च गरेका छन् । यो देउवाको तुलनामा चार अर्ब रुपैयाँमात्र बढी हो ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्